अन्तराष्ट्रिय गोल्डकपको खेल तालिका सार्वजनिक


आउँदो फागुन १ गतेबाट हेटौँडामा हुने हेटौँडा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । सोमबार आयोजक सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानले खेल तालिका सार्वजनिक गरेको हो । ४ ए डिभिजन, २ अन्तराष्ट्रिय तथा पोखरा र घरेलु टिम सहभागि रहेको प्रतियोगितामा उद्घाटन खेल आयोजक रिगल हेटौँडा ले भुटानको क्लिरीङ क्लबको सामना गर्ने भएको छ । फागुन ८ गते हुने पहिलो खेलमा घरेलु टोलीले अन्तराष्ट्रिय टोलिको सामना गर्ने भएको हो । दुई समुहमा विभाजन गरिएको तालिका अनुसार समुह ‘ए’ मा रिगल हेटौँडा रिसोर्ट हेटौँडा एफसी, भुटान क्लिरिङ, नेपाल आर्मी तथा सरस्वति क्लब रहेका छन भने समुह ‘बि’ मा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, सिलगुडी कञ्जनजंगा भारत, सशस्त्र प्रहरीको एपिएफ र साहारा क्लब पोखरा रहेका छन् । प्रत्येक समुहबाट दुई, दुई ओटा टोली सेमिफाईनल चरणमा प्रबेश गर्नेछन् । समुह चरणको खेलको दोश्रो दिन अर्थात फागुन २ गते समुह ‘ए’ कै नेपाल आर्मी तथा सस्वति प्रतिस्पर्धा गर्दा समुह चरणको तेश्रो खेलमा फागुन ३ गते भारतको कञ्चनजंगाले नेपालको मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । समुह चरणको अन्तिम खेलमा एपिएफ र साहारा क्लब पोखराको भिडन्त हुने जनाईएको छ । प्रतियोगिता अन्र्तगत सेमिफाईनलको खेल फागुन ५ र ६ गते तथा फाईनल खेल फागुन ८ गते हुने भएको छ । जिल्ला खेलकुदद्वारा १ लाख सहयोग हेटौँडा÷जिल्ला खेलकुद विकास समितीले हेटौँडामा हुन लागेको प्रथम अन्तराष्ट्रिय आमन्त्रण हेटौँडा गोल्ड कपको लागि १ लाख रुपैँया सहयोग गर्ने भएको छ । समितीका अध्यक्ष माधव तिमल्सिनाले सोमबार प्रतिष्ठानको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको घोँषणा गरेका हुन् । सहयोगको घोषणा गर्दै हेटौँडामा आयोजना गर्न लागिएको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुरको गौरब भएको बताए । मकवानपुर जिल्ला खेलकुदकोलागि निकै उर्भर जिल्ला भएको बताउँदै राष्ट्रिय फुटबल टोलिमा मकवानपुर सधै उच्च स्थानमा रहेको समेत उल्लेख गरे । मकवानपुरमा हुन लागेको प्रतियोगितामा स्थानीय निकाय तथा मकवानपुरमा रहेर ब्यापार ब्यवसाय गर्ने स्थानीय तथा बहुराष्ट्रिय कम्पनीको पनि साथ रहनुपर्ने बताउँदै यस्ताखाले प्रतियोगिताले मकवानपुरको पहिचान विस्तारमा सहयोग पुग्ने बताए । एक गोलको पाँच हजार हेटौँडा÷ हेटौँडामा हुन लागेको अन्तराष्ट्रिय हेटौँडा गोल्डकपमा विभिन्न विधामा पुरस्कारहरु आउनेक्रम जारि रहेको छ । यसै सन्र्दभमा हेटौँडामा रहेको जेसी फेन्सीका प्रोपाईटर तथा महाविर क्लबका पूर्व उपाध्यक्ष जंगबहादुर बस्नेतले घरेलु टोलीका गोल गर्ने र गोलको लागि पास मिलाईदिने खेलाडीलाई २५–२५ सयको दरले एक गोल बराबर ५ हजार नगद दिने घोषणा गरेका छन् । घरेलु खेलाडीलाई हौसला बढोस भन्ने उदेश्यले आफुले यो योजना सार्वजनिक गरेको उनको भनाई रहेको छ ।
-धर्मेन्द्र दाहाल, हेटौँडा

All news in One Place